अचानक पोखरा आइपुगेका प्रधानमन्त्रीले यस्तो गरे

अचानक पोखरा आइपुगेका प्रधानमन्त्रीले यस्तो गरे

PM Deuba 1

सन्तोष पोखरेल

पोखरा – अचानक पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँका उच्च सुरक्षा अधिकारीले निर्वाचन गतिविधि शान्तिपूर्ण रुपमा अघि बढिरहेको भन्दै ‘ब्रिफिङ’ गरेका छन् ।

शुक्रबार बिहान पोखराको विन्ध्यवासिनीमा पूजा गरेर फर्केपछि प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग निर्वाचन सुरक्षा अवस्थाबारे सोधेका थिए ।

शुक्रबार बिहान राजधानी फर्किनुअघि पश्चिमाञ्चल क्षेत्रीय र प्रदेश–४ का प्रशासनिक तथा सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले विमानस्थलमा छलफल गरेका थिए । पहिलो चरणमा निर्वाचन हुने प्रदेश–४ भित्रका ६ वटा जिल्लाको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री देउवाले सुरक्षा प्रमुखसँग सोधेका थिए ।

प्रधानमन्त्री देउवाको जिज्ञासामा सुरक्षा निकायले पहिलो र दोश्रो चरणमा निर्वाचन हुने सबै जिल्लाको सुरक्षा व्यवस्था भरपर्दो रुपमा मिलाएको भन्दै विश्वस्त पारेका थिए । ‘प्रधानमन्त्री देउवाले निर्वाचन हुने जिल्लाको सुरक्षा अवस्थाबारे सोध्नुभएको थियो,’ पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले प्रधानमन्त्रीसँगको छलफलबारे जानकारी दिँदै सञ्चारकर्मीसँग भने, ‘सुरक्षा निकायले प्रधानमन्त्रीलाई निर्वाचन सुरक्षाबारे बताएपछि विश्वस्त भएर जानुभएको छ । हाम्रो जवाफ सुनेपछि प्रधानमन्त्री देउवा ढुक्क भएर राजधानी फर्किनुभयो ।’

निश्पक्ष, शान्तिपर्ण र भयरहित निर्वाचन गराउन सबै सुरक्षा निकाय सक्षम रहेको भन्दै आफुहरुले जानकारी गराएको प्रशासक अर्यालले बताए । प्रधानमन्त्रीसँगको छोटो छलफलमा सहभागि एक सुरक्षा अधिकृतले पहिलो चरणको निर्वाचन हुने जिल्लामा के कस्तो चुनौती रहेको र ती चुनौतीसँग सामाना गर्न सक्ने गरि तयारी के कस्तो छ भनेर सोधेका थिए । ‘सुरक्षा निकायको जवाफले प्रधामन्त्री सन्तुष्ट भएका छन,’ ती अधिकृतले भने ।

प्रधानमन्त्री देउवा शुक्रबार बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न गएका थिए । प्रधानमन्त्रीले त्यहाँ पूजाआजा पनि गरेका थिए ।

स्रोत ः नागरिक न्यूज

यसमा तपाईको मत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
07 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
07 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀