छोरी चुनावमा, बाबु विरोधमा

छोरी चुनावमा, बाबु विरोधमा

23961128_1954448748110427_1711917716_o

केपी ढुंगाना

काठमाडौं– एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन–३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउन खटिएकी छिन्।

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो । दाहाललाई जिताउने जिम्मेवारी उनले पाएकी छिन्।

उनका बाबु माणिक लामा भने निर्वाचन भाड्न सक्रिय रहेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माणिक विप्लव समूहको ‘ताम्सालिङ स्वायत्त जनसरकार’ प्रमुख र राष्ट्रिय तामाङ मुक्ति मोर्चाका प्रमुखसमेत हुन्।

यसैगरी वाम गठबन्धनबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ का उम्मेदवार झक्कु सुवेदी मतदातासँग भोट माग्न घरदैलोमा व्यस्त रहँदा उनका छोरा सन्तोष भने रोल्पामा निर्वाचन विरोधी गतिविधिमा संलग्न छन् । उनलाई पनि प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिसकेको छ । उनी कात्तिक २२ देखि रोल्पा प्रहरी हिरासतमा छन् । प्रहरीले उनलाई रोल्पा जिल्ला इन्चार्ज दलबहादुर खत्रीसँगै पक्राउ गरेको थियो।

बाबुसँगै माओवादीमा सक्रिय सन्तोष पार्टी विभाजनसँगै विप्लव समूहमा पुगेर रोल्पा सेक्रेटरी भएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर– २ मा एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेर राष्ट्रिय राजनीतिमा चर्चामा आएका झक्कु भने पार्टी मूलधारमै छन् । अहिले उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ बाट उम्मेदवार छन् । उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार भीमसेनदास प्रधान छन्।

जनमोर्चा नेपाल हुँदै माओवादी केन्द्रमा आएका नवीनाका बाबु माणिक अहिले विप्लव समूहमा छन् ।  विप्लव समूहले उनलाई गत भदौमा नुवाकोट, ककनीमा विशेष भेला गरेर ‘ताम्सालिङ जनसरकार’ प्रमुख बनाएको थियो ।
निर्वाचन बिथोल्न उम्मेदवारमाथि हिंसात्मक कारबाही अगाडि बढाएपछि विप्लव समूहका नेता तथा कार्यकर्ता खोज्नेक्रममा माणिकलाई प्रहरीको विशेष ब्युरोले काठमाडौंबाट पक्राउ गरेको हो।

स्रोतका अनुसार लामा पटक–पटक चीन गएको र हतियार खरिदसम्बन्धी प्रक्रियामासमेत संलग्न रहेको सूचना आधारमा आतंकवाद तथा अन्तर्देशीय अपराधसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी पाएको विशेष ब्युरोले उनको खोजी गरेको थियो ।
स्रोतका अनुसार माणिकबाट बरामद सामग्री आधारमा उनी पटकपटक चीन गएर हतियारसम्बन्धी छलफलमा संलग्न भएको खुल्न आएको छ।

बाबु पक्राउ परेको सूचना पाएलगत्तै नवीनाले प्रहरीलाई सम्पर्क गरेर ‘विप्लव समूहमा लागे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको’ भन्दै मुक्त गर्न आग्रह गरेकी थिइन् । स्रोतका अनुसार माणिकमाथि गम्भीर प्रकृतिका गतिविधिमा संलग्न आरोपमा अनुसन्धान भइरहेको सूचना पाएपछि उनी मौन बसेकी हुन् । ‘उनको साथबाट रुसको अक्टोबर क्रान्तिमा सहभागी हुन जान पाऊँ भन्दै पार्टी अध्यक्षलाई लेखेको पत्रसमेत फेलापरेको छ,’ स्रोतले भन्यो, ‘पटकपटक चीन गएको र हतियार डिल गर्न सक्रिय रहेको पाटोबारे अुनसन्धान भइरहेको छ।’

केन्द्रीय नेता खोज्दै विशेष ब्युरो
विप्लव समूहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन वहिष्कार घोषणा गर्दैै कात्तिक २४ देखि हिंसात्मक गतिविधि गर्दै आएको छ।

निरन्तर उम्मेदवारकेन्द्रित आक्रमण सुरु भए पनि सुरक्षा निकायले विप्लवप्रति नरम नीति लिएको भन्दै आलोचना भएपछि  सोमबार केन्द्रीय सुरक्षा समितिको बैठकले उसका नेताकार्यकर्ता पक्राउ गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै सबै जिल्लामा पक्राउ क्रम बढेको छ।

प्रारम्भमा जिल्ला नेतृत्वकर्ता र सदस्य पक्राउ सुरु गरेको प्रहरीले केन्द्रीय नेता खोज्न विशेष ब्युरोको विशेष टोली खटाएको छ । जिल्लातहका नेताकार्यकर्ताको खोजी जिम्मा जिल्ला प्रहरी कार्यालयले पाएको छ।

प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ३५० भन्दा बढीलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्ने अधिकांश विप्लव समूहका नेताकार्यकर्ता छन् । पक्राउ पर्ने केन्द्रीय तहका नेतामा लामा र सरला रेग्मी हुन् । प्रहरीले जिल्ला इन्जार्चहरूलाई पक्राउ गर्ने क्रम बढाएको छ । स्रोतका अनुसार विप्लवसँगै सो समूहका उपत्यका ब्युरो इन्चार्ज माइला लामा, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला प्रहरी खोजीको हिटलिस्टमा छन् ।
पहिलो संविधानसभा निर्वाचनमा एमालेका प्रभावशाली नेता वामदेव गौतमलाई पराजित गरेर चर्चामा आएकी रेग्मी माओवादी विभाजनसँगै मोहन वैद्य समूहमा गएकी थिइन् । विप्लव वैद्यबाट छुट्टिएपछि उनी पनि त्यतै गइन् । अर्की केन्द्रीय सदस्य रमिला महर्जन र ‘कीर्तिपुर जनसरकार प्रमुख’ जितेन्द्र महर्जनसमेत प्रहरी हिरासतमा छन् ।

स्रोत ः नागरिक न्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀