युवा पुस्ताका आइडल नेता रबिन्द्र अधिकारीको जीवनी

युवा पुस्ताका आइडल नेता रबिन्द्र अधिकारीको जीवनी

Rabindra-Adhikari

go here रबिन्द्र अधिकारीलाई नेकपा एमालेको भविष्यको पार्टी अध्यक्ष र नेपालको प्रधानमन्त्री हुनसक्ने क्षमता भएको नेताको रुपमा हेरिन्छ

नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका सुर्य मानिने नेकपा एमालेका प्रतिभाशाली युवा नेता तथा कास्की-३ बाट प्रत्यक्ष निर्वाचित सांसद रबिन्द्र अधिकारी संसदको विकास समितिका सभापति हुनुहुन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता हुनुहुन्छ । न्यूज भित्ताले सञ्चालन गरेको १० उत्कृष्ट सभासद् चयन अनलाइन भोटिङबाट रविन्द्र अधिकारी उत्कृष्ट सभासद्का रुपमा चुनिनु भएको थियो । उहाँलाई भविष्यमा नेकपा एमालेको तर्फवाट प्रदेश नम्वर ४ मा मुख्यमन्त्रीको उमेरदवारको रुपमा हेरिएको छ । राजनीतिक बिश्लेषकका अनुसार अधिकारीलाई नेकपा एमालेको भविष्यको पार्टी अध्यक्ष र नेपालको प्रधानमन्त्री हुनसक्ने प्रवल सम्भावना रहेको क्षमता भएको नेताको रुपमा हेरिएको बताउछन ।

here युवा अवस्था

बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सुपुत्रको रुपमा बि.सं. २०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस-९ जामुनाबोटमा जन्मनुभएका रविन्द्र अधिकारीले बैबाहिक सम्बन्ध बिध्या भट्टराईसँग गास्नु भएको छ । बिद्यार्थी राजनीतिमा चर्चित अधिकारी र भट्टराईको बिद्यार्थी बीचकै प्रेम सम्बन्धलाई बिबाहमा बदल्नु भएको हो । बिद्यार्थी समयमा चर्चित नेताको रुपमा रहनु भएकी विद्या अहिले भने त्रिभुवन बिश्वबिधालयमा प्राध्यापन पेशामा हुनुहुन्छ । उहाँहरुका दुई छोराहरु छन् ।

https://www.masiesdelpenedes.com/5qos1c0e9c शिक्षा र बिद्यार्थी राजनीति यात्रा

उहाँले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तह र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नु भएको छ । २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन गर्नु भएका अधिकारी अहिले पनि बिभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्नु हुन्छ । एशियाली बिद्यार्थी संगठन, बिश्व प्रजातान्त्रिक युबा संघ लगायत अन्तराष्ट्रिय युबा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नु भएका अधिकारी बिभिन्न अन्तराष्ट्रिय सम्मलेनमा भाग लिनु भएको छ ।

राजनीतिमा संगठित हुँदा उनी सिर्फ १२ वर्षका हुनुहुन्थ्यो । २०३८ सालमा ७ कक्षामा पढ्दै गर्दा सबैभन्दा धेरै भोट पाएर अनेरास्ववियूका सबैभन्दा कान्छा सदस्य भएका थिए । सानै उमेरदेखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस र क्लबहरुमा संलग्न हुनुभयो । बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, लगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील र अनुशासित बिद्यार्थी हुनुहुन्थ्यो । उहाँहरुले हजारौं दर्शकको बिचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम बिद्यालय जीबनमै प्रदर्शन गर्नु भएको थियो । उहाँको बिद्यार्थी राजनीति यात्रा यस प्रकार छ ।

१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश ।
२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ।
३. बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय ।
४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।
५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन ।
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ।
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ।
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित ।
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित ।
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित ।
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष ।

click बिद्यार्थी आन्दोलन र जेल

आजको आबश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चाएतको अन्त्य भन्ने नाराका साथ २०४६ को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायत कालमा पटक-पटक गरी ६ महीना जेल र हिरासतमा बिताउनु भयो । २०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उहाँ क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नु भएको थियो । २०४६ को परिबर्तनपछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नुभयो । कलेज भवन निर्माण, क्याम्पस गेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क्याम्पसमा बिद्यार्थीको पोशाक आदि कुराहरुमा ठुलो सुधार र परिबर्तन भयो ।

त्रिबिका स्वबियु सभापति हुदा पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापकहरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले बिश्वबिद्यालयमा निरंतर प्राज्ञिक बहस संचालन गर्नुहुन्थ्यो । अर्थशास्त्र बिभागका प्राध्यापक टि.पि चौधरीलाई बरिष्ट प्राध्यापकको उपाधि उहाँकै पहलमा सम्भब भएको थियो ।

शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू-भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगाएत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उहाँको नाम नमेटीने गरी लेखिएको छ ।

go site राजनीतिक यात्रा

जनतासँगको निरन्तर सम्पर्क र निकट अधिकारीले कास्की क्षेत्र नम्बर-३ बाट संविधानसभाको दुई पटककै चुनाव जित्नु भएको छ । उहाँको राजनीतिक यात्रा यस प्रकार छ ।
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित ।
७. संविधान सभा २०६४ को सभासद ।
८. २०७० सालको संविधानसभा सदस्य ।
९. हाल रुपान्तरित व्यबस्थापिका संसदको सदस्य ।
१०. हाल नेकपा एमाले केन्द्रीय सदस्य ।
११. हाल व्यबस्थापिका संसदको विकास समितिको सभापति ।

go site संसद र संबिधानसभा

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भए पछि संसदमा खेलेको भूमिका सबैलाई अबगत भएकै कुरा हो । सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत, फ्रिक्योंसी, सार्बजनिक संस्थान, बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोर्ट आदि बिषयमा बिभिन्न उप-समितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नु भएको छ । संबिधानसभामा राष्ट्रीय हितको संरक्षण समिति र युबाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गर्नुभएको थियो । संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रीय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो र पछिल्लो २०७० को चुनाबपछी संसदको बिकास समितिमा सभापति हुनुहुन्छ । आज नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल हुनहुन्छ ।

source उत्कृष्ट सभासद रविन्द्र अधिकारी

न्यूज भित्ताले सञ्चालन गरेको १० उत्कृष्ट सभासद चयन अनलाइन भोटिङबाट रविन्द्र अधिकारी उत्कृष्ट सभासद्का रुपमा चुनिनु भएको थियो । २०७१ माघ १ न्यूजभित्ता डट कमले अनलाइन भोटिङको आधारमा छानेका १० उत्कृष्ट सभासद्को सार्वजनिक गरिएकोमा रविन्द्र अधिकारी पनि चुनिनु भएको थियो ।

विश्वभरि छरिएर रहेका नेपालीले न्यूज भित्ता अनलाइन मार्फत उत्कृष्ट सभासद् चयनका लागि मतदान गरेका थिए । राजधानीमा आयोजित एक विशेष समारोहमा विशिष्ट व्यक्तित्वहरु रहेको एक जुरीले उत्कृष्ट १० सभासद्का रुपमा रविन्द्र अधिकारीको नाम सार्वजनिक घोषणा गरेको थियो । अनलाइन भोटिङको मत परिणाम प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की र वरिष्ठ पत्रकार तथा संचार अनुसन्धानकर्ता विनोद भट्टराई रहेको जुरीले सार्वजनिक गरेको थियो । जुरीको साथमा साक्षीका रुपमा नागरिक दैनिकका पुर्व प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार प्रतीक प्रधान रहेका थिए ।

https://kirkmanandjourdain.com/67wo682 राजनीति र बिकास

राजनीति र बिकास एक अर्काका अन्तर-सम्बंधित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संबिधानसभा/संसदमा रहदा कास्की जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेल्नु भयो । पोखराको पर्यटन बिकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाई, पोखरा फराकिलो बनाउने, पुलहरू निर्माण गर्ने, पोखरा बिश्वबिद्यालय, पृथ्वीनारायण क्याम्पस लगायत बिभिन्न बिद्यालयहरुको निर्माण, पोखराको खानेपानी, क्लबहरु, खेलकूदको क्षेत्रमा पनि उलेख्य भूमिका खेल्नु भएको छ । पोखरालाई बिश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोक्नु भएका अधिकारी पोखरामा अन्तराष्ट्रीय बिमानस्थल, चक्रपथ, काठमाण्डू पोखरा लुम्बिनी फाष्ट ट्र्याक, काठमांडू पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पुर्बाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेल्नु भयो ।

बिकासका लागी राजनीति भन्ने मान्यता अनुसार कास्की जिल्ला मात्र हैन मुलुककै आर्थिक बिकासको दृष्टिकोण दिदै आउनु भएका अधिकारी एक जना बिकासप्रेमी राजनेता हुन्हुन्छ । पछील्लो समय व्यवस्थिका संसदको विकास समितिको सभापति भएपछि उहाँलाई नेपालको विकासमा केही हस्तक्षेप गर्न, केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर विकासका कार्यमा झनै सक्रियताका साथ उहाँ लागी पर्नु भएको छ र उहाँ पछिल्लो सयम मेलम्ची खानेपानी आयोजना, कर्णाली करिडोर, बागमती करिडोर, कालिगण्डकी करिडोर, नेपाल-चीन जोड्ने नाकाहरु, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ-काठमाडौं फास्ट ट्रयाक, नीजगढ अन्तराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल लगाएतका आयोजनाको अनुगमन तथा निरक्षण र उक्त आयोजनाहरु कार्यान्वयनका लागि क्रियाशिल हुनुहुन्छ ।

सोच र धारणा

राष्ट्रको शक्ति भनेको जुझारू, लगनशील, राष्ट्रप्रति समर्पित युवा हुन् । उनीहरूकै हातमा देशको भविष्य निर्भर छ र उनीहरूकै प्रत्यक्ष संलग्नतामा सम्पूर्ण राजनीतिक परिवर्तनहरू भएका छन् । युवाहरूको राजनीतिमा प्रत्यक्ष भूमिका हुनु पनि अत्यावश्यक छ ।

व्यापक आर्थिक वृद्धि गरेर संमृद्ध राष्ट्र बनाउनु, सामाजिक न्यायसहितको सुसंस्कृत र परिस्कृत समाज निर्माण गर्नु अहिलेको आवश्यकता हो । हरेक जातजाति, समुदाय, वर्ग विशेषले व्यवहारिक रूपमा स्वतन्त्रताको अनुभूति गरेमात्र मुलुकमा सहि अर्थमा लोकतन्त्र आएको मानिन्छ । २१ औं शताब्दीको विज्ञान र प्रविधिको प्रयोगले मात्र मुलुकको विकास र परिवर्तनलाई द्रुत बनाउन सकिन्छ ।

नेपालमा बेरोजगारी र अशिक्षा जस्ता समस्याको जड भनेको देशमा भएको राजनीतिक अस्थिरता हो । रोजगारी, सीपमूलक तालिम लयागतका विषयमा राज्यले स्पस्ट बाटो लिई एउटा नयाँ सोच, सृजना र उच्च इच्छा शक्तिका साथ संकल्प गरेर अघि बढनुपर्छ । आउनुहोस्, हातमा हात मिलाएर अर्थ–सामाजिक तथा राजनीतिक प्रतिबद्धतालाई साकार पार्न एकजुट भई हामी राष्ट्रका सम्पूर्ण चुनौतीहरू समाधान गर्न अवश्य सफल हुनेछौं ।

https://faroutpodcast.com/y11lun8 कृति/प्रकाशन

उहाँका प्रकाशित पुस्तकहरु यस प्रकार छन :
१. संविधानसभा : लोकतन्त्र र पुनर्संरचना
२. समृद्द नेपाल
बिगत दुई दशकदेखि राजनीति एवं विकाससम्बन्धी उंहाका सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित हुदै आएका छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारले पोखरामा शनिबार आयोजना गरेको ‘समृद्ध नेपाल’ पुस्तक संवाद कार्यक्रममा बोल्दै लेखक रविन्द्र अधिकारी ।

Soma 350 Mg Withdrawal विदेश भ्रमण

अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाईलैण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रीका, अल्जेरिया, कम्बोडिया, नर्वे लगायतका देशहरु ।

(साभार :नेपालपत्र डटकम बाट )

(तस्वीरहरु स्रोत : http://rabindraadhikari.com)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

आखिर मानिस किन बसाइँ सर्छ ?
पत्रकारको श्रमका पक्षपाति सुशील’दा
क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ !
विश्वास गुमाउँदै एनआरएनए अमेरिका
मधेस आन्दोलन र सङ्घीयता

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
follow site Nepal Rastra bank
http://jannaorganic.co.uk/blog/2025/04/03/7bhouxs Check: 07 Apr 2025 00:45 UTC
follow link Latest change: 06 Apr 2025 18:19 UTC
go here API: CurrencyRate
https://www.psychiccowgirl.com/9ri84sbdj Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://www.anonpr.net/jlmeu7b Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
Buy Soma Usa Nepal Rastra bank
follow Check: 07 Apr 2025 00:45 UTC
Latest change: 06 Apr 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀