शीर्ष नेताहरू को-कहाँबाट उम्मेदवार ? सूचीसहित

शीर्ष नेताहरू को-कहाँबाट उम्मेदवार ? सूचीसहित

Sirsha-Neta

काठमाडौँ ।

काँग्रेस

देउवा डडेल्धुराबाट सिफारिस । डडेल्धुरा कांग्रेसका दुई समूहले सभापति शेरबहादुर देउवालाई सर्वसम्मत सिफारिस गरेका छन् । देउवा ०४८ देखि नै डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् । उनी पहिलो संविधानसभामा कञ्चनपुर र दोस्रो संविधानसभामा कैलालीबाट निर्वाचित भएका थिए ।

पौडेल सर्वसम्मत बन्न सकेनन्

नेता पौडेल तनहुँ १ बाट सिफारिस भएका छन्, तर सर्वसम्मत हुन सकेनन् । सो क्षेत्रबाट गोविन्दराज जोशी, शंकर भण्डारी, गोविन्द भट्टराई र रामचन्द्र पोखरेल सिफारिस भएका छन् । क्षेत्र नं। २ बाट प्रदीप पौडेल, ध्रुव वाग्ले, पुष्पराज पराजुली, जितप्रकाश आले सिफारिस भएका छन् ।

महामन्त्रीको सिफारिस आउनै बाँकी

नवलपरासी–१ बाट लड्दै आएका महामन्त्री डा। शशांक यसपटक क्षेत्र नं। २ बाट लड्दै छन् । तर, जिल्लाबाट सिफारिस आएको छैन । कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहितका नेताको सिफारिस आउन बाँकी छ ।

मोरङमा कोइरालाहरूको विकल्प पनि

मोरङ १ बाट डिकबहादुर लिम्बू, २ बाट सुजाता कोइराला र डा. मीनेन्द्र रिजाल, ४ बाट महेश आचार्य र डा। मीनेन्द्र रिजाल, ५ बाट अमृत अर्याल, ६ बाट डा. शेखर कोइराला र डा. डिला संग्रौला सिफारिस भएका छन् ।

प्रकाशमान काठमाडौं १ बाट सिफारिस

पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं १ बाट सर्वसम्मत सिफारिस भएका छन् । ८ बाट जितेका नवीन्द्रराज जोशी र १० बाट जितेका राजेन्द्र केसी आ–आफ्ना क्षेत्रबाट सर्वसम्मत सिफारिस बनेका छन् ।

केसी र महत एउटै क्षेत्रबाट सिफारिस

नुवाकोट–१ बाट अर्जुननरसिंह केसी र डा। रामशरण महत सिफारिस भएका छन् । क्षेत्र घटेकाले उनीहरू प्रतिस्पर्धी भएका हुन् । क्षेत्र २ बाट डा। प्रकाशशरण महत, बहादुरसिंह लामा र जगदीश्वरनरसिंह केसी सिफारिस भएका छन् ।

नरहरि आचार्य सिफारिसमा परेनन्

काठमाडौं–५ बाट लगातार दुईपटक निर्वाचित आचार्य यसपटक सिफारिसमा परेका छैनन् । उपचारका क्रममा अमेरिका रहेका आचार्यसँग परामर्श गरेपछि क्षेत्र र जिल्लाले उनको नाम सिफारिस नगरेको हो ।

एमाले

ओली दुई ठाउँबाट सिफारिस

एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा–५ र सिरहा–१ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट सिफारिस भएका छन् । मधेस आन्दोलनको उद्गमस्थल सिरहाबाट चुनाव लड्न उनलाई पार्टीभित्रै दबाब छ । झापाबाट चारपटक निर्वाचित ओली पहिलो संविधानसभामा पराजित भएका थिए ।

नेपाल तीन ठाउँबाट सिफारिस

एमाले नेता माधव नेपाल काठमाडौं–२, रौतहट १ र ४ बाट सिफारिस भएका छन् । काठमाडौं–२ बाट पहिलो संविधानसभामा पराजित र दोस्रो संविधानसभामा निर्वाचित नेपाल यसपटक सोही क्षेत्रबाट लड्ने तयारीमा छन् । रौतहटमा स्थानीय तहमा एमाले शून्य भएको छ ।

खनाल पाँचौँपटक उम्मेदवार बन्दै

वरिष्ठ नेता झलनाथ खनाल इलाम–१ बाट सर्वसम्मत सिफारिस भएका छन् । खनाल पाँचौँपटक उम्मेदवार सिफारिस भएका हुन् । ०५६ बाहेक उनी चारपटक सोही क्षेत्रबाट निर्वाचित भएका छन् ।

गौतम प्युठान र बर्दियाबाट सिफारिस

उपाध्यक्ष वामदेव गौतम बर्दिया–१ र प्युठान–१ बाट उम्मेदवार सिफारिस भएका छन् । अघिल्लोपटक यी दुवै क्षेत्रबाट जितेका उनले उपनिर्वाचनमा बर्दिया छाडेका थिए । यसपालि बर्दियाबाटै लड्ने तयारी गरिरहेका छन् ।

रावल दुई जिल्लाबाट सिफारिस

उपाध्यक्ष भीमबहादुर रावल अछाम १ र कैलाली २ बाट सर्वसम्मत सिफारिस भएका छन् । उनी ०५१ र ०७० को निर्वाचनमा अछामबाट निर्वाचित भएका थिए । ०६४ मा भने उनी समानुपातिकबाट निर्वाचित थिए ।

पोखरेल काठमाडौंबाट सिफारिस

महासचिव ईश्वर पोखरेल काठमाडौं–५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । यो क्षेत्रबाट दुईपटक पराजित पोखरेललाई यसपालि मोरङ र ओखलढुंगाबाट लड्न अनुरोध थियो, तर उनले काठमाडौं नै रोज्दै छन् ।

भुसाल दुई क्षेत्रबाट सिफारिस

उपमहासचिव घनश्याम भुसाल रूपन्देही १ र ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस भएका छन् । उनले क्षेत्र नं। १ बाट उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । तर, उनको सिफारिस सर्वसम्मत हुन सकेन ।

लालबाबु पण्डित मोरङबाट

नेता लालबाबु पाण्डित मोरङ–६ बाट उम्मेदर सिफारिस भएका छन् । उनी सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । मोरङ ६ बाट कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला उम्मेदवार बन्ने भएका छन् ।

माओवादी

प्रचण्ड चितवनबाट सिफारिस

माओवादी अध्यक्ष प्रचण्ड चितवन–३ बाट सिफारिस भएका छन् । प्रचण्डको नामावली भतरपुर महानगर–४ मा छ । पहिलो संविधानसभामा रोल्पा २ र काठमाडौं १० बाट निर्वाचित उनी दोस्रो संविधानसभामा काठमाडौं १० बाट पराजित र सिरहा ५ बाट निर्वाचित भएका थिए ।

नारायणकाजी गोरखा–२ बाट

नेता नाराणकाजी श्रेष्ठ गोरखा–२ बाट सिफारिसमा परेका छन् । तर, एउटै गठबन्धन बनाएका नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई पनि यही क्षेत्रबाट चुनावमा उठ्दै छन् । माओवादी नेताका रूपमा दुईपटक निर्वाचित भट्टराई उठ्दै छन् ।

बादल चितवन–२ बाट सिफारिस

रामबहादुर थापा ‘बादल’ चितवन–२ बाट सिफारिसमा परेका छन् । उनको घर भने चितनव–१ मा पर्छ । पहिलो संविधानसभामा चितवन–२ निर्वाचित बादल दोस्रो संविधानसभा बहिष्कारको पक्षमा सक्रिय थिए ।

महरा दाङ–२ बाट सिफारिस

उपप्रधानमन्त्रीसमेत रहेका माओवादी नेता कृष्णबहादुर महरा दाङ–२ बाट सिफारिस भएका छन् । उनी पहिलो संविधानसभामा दाङ–३ बाट र दोस्रो संविधानसभामा रोल्पा २ बाट निर्वाचित भएका थिए ।

वर्षमान पुन रोल्पाबाट सर्वसम्मत

माओवादी नेता वर्षामान पुन रोल्पाबाट सर्वसम्मत सिफारिस भएका छन् । रोल्पामा यसपालि एउटा मात्र क्षेत्र छ । पहिलो संविधानमा ललितपुर–१ बाट निर्वाचित उनी दोस्रोपटक मोरङ–९ बाट पराजित भएका थिए ।

शर्मा पश्चिम रुकुमबाट सर्वसम्मत

गृहमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा पश्चिम रुकुमबाट सिफारिस भएका छन् । अहिले रुकुम फुटेर पूर्वी र पश्चिम भएको छ । शर्मा पहिलो र दोस्रो संविधानसभामा रुकुम क्षेत्र २ बाट निर्वाचित भएका थिए ।

रायमाझी अर्घाखाँचीबाट सिफारिस

माओवादी नेता टोपबहादुर रायमाझी अर्घाखाँचीबाट सिफारिस भएका छन् । उनी पहिलो र दोस्रो संविधानसभामा अर्घाखाँची–१ बाट निर्वाचित भएका थिए । अर्घाखाँची दुईबाट घटेर एउटा क्षेत्रमा सीमित भएको छ ।

कांग्रेस

प्रदेश सभामा गुरु घिमिरे मात्र

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे मोरङ ४ अन्तर्गतको प्रदेश सभाबाट सिफारिस भएका छन् ।

झापाबाट सिटौला र विश्वप्रकाश सर्वसम्मत

झापाबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्मा सर्वसम्मत सिफारिस भएका छन् । सिटौला ३ र शर्मा १ बाट सिफारिस भएका हुन् । सिटौला ०७० को संविधानसभामा ३ बाटै निर्वाचित भएका थिए ।

गगन थापा काठमाडौं ४ बाट

कांग्रेस युवा नेता गगन थापा काठमाडौं ४ बाट सिफारिस भएका छन् । थापा गत संविधानसभा निर्वाचनमा पनि ४ बाटै निर्वाचित भएका थिए ।

यस्ता छन् कांग्रेस काठमाडौंका अन्य उम्मेदवार

काठमाडौं २ बाट दीपक कुइँकेल, ३ बाट अम्बिका बस्नेत, हरिबोल भट्टराई, ६ बाट भीमसेनदास प्रधान र सबुज बानियाँ, ७ बाट प्रमिला सिंह, भीमसेनदास प्रधान र ओमदेवी मल्ल जोशी, ९ ध्यानगोविन्द रन्जित र दामोदर गौतम सिफारिस भएका छन् ।

गोपालमान श्रेष्ठ दुई ठाउँबाट सिफारिस

कांग्रेस नेता गोपालमान श्रेष्ठ स्याङ्जा १ र २ बाटै सिफारिस भएका छन् ।

पूर्णबहादुर खड्का सुर्खेत १ बाट

पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का सुर्खेत १ बाट सिफारिस भएका छन् ।

खुमबहादुर खड्का दाङबाट

केन्द्रीय सदस्य खुमबहादुर खड्का दाङ १ बाट सिफारिस भएका छन् । उनीसँगै पार्वती डिसी चौधरी, सुशीला चौधरी, पूर्वसांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापालाई पनि सिफारिस गरिएको छ ।

यी जिल्लाबाट सिफारिस आउन अझै बाँकी

कांग्रेसमा प्रदेश नम्बर २ को पर्साबाहेक बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको सिफारिस अझै आएको छैन । सुनसरी, रसुवा, रूपन्देही, नवलपरासी दुवै जिल्ला र रुकुम दुवै जिल्लाबाट सिफारिस आउन बाँकी छ ।

एमाले

ज्ञवाली दाङबाट उठ्दै

उपाध्यक्ष युवराज ज्ञवाली दाङ–३ बाट सर्वसम्मत सिफारिस भएका छन् । उनी समानुपातिकतर्फका सांसद हुन् ।

शाक्य काठमाडौंबाट

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम काठमाडौं–९ बाट सिफारिस भएको छ । मुख्यमन्त्रीको उम्मेदवारको रूपमा चर्चामा रहेकी शाक्यको नाम प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस भएको हो ।

पौडेल रुपन्देहीबाट उठ्ने

उपमहासचिव विष्णु पौडेल रूपन्देही–२ बाट सर्वसम्मत सिफारिस भएका छन् । यसअघि तत्कालीन माओवादी नेता डा। बाबुराम भट्टराईलाई पौडेलले सोही क्षेत्रबाट पराजित गरेका थिए ।

योगेश भट्टराई ताप्लेजुङबाट

सचिव योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङबाट चुनाव लड्ने तयारीमा छन् । भट्टराईको नाम ताप्लेजुङ–१ बाट सर्वसम्मत रूपमा सिफारिस भएको छ । यसअघि उनले काठमाडौं–६ बाट चुनाव लडेका थिए ।

प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीबाट

सचिव प्रदीप ज्ञवाली गुल्मी–१ बाट उम्मेदवार सिफारिस भएका छन् । सचिव गोकर्ण विष्ट गुल्मी–२ बाट सिफारिस भएका छन् । पछिल्लो निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए

पृथ्वीसुब्बा गुरुङ समानुपातिकमा सिफारिस

सचिव पृथ्वीसुब्बा गुरुङ लमजुङ–१ बाट प्रतिनिधिसभामा समानुपातिकतर्फका उम्मेदवारका रूपमा सिफारिस भएका छन् । जिल्ला कमिटीले प्रत्यक्षतर्फ पनि लड्न पाउने स्वविवेकीय अधिकार गुरुङलाई दिने निर्णय गरेर समानुपातिकतर्फ सिफारिस गरेको हो ।

भीम आचार्य प्रदेश सभामा सिफारिस

सचिव भीम आचार्य सुनसरी–१ को ‘ख’बाट प्रदेश सभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधिसभाका सांसद आचार्यको नाम प्रदेश सभामा सिफारिस भएकाले उनलाई एमालेले मुख्यमन्त्रीको रूपमा अघि सारेको स्रोतले जनाएको छ ।

सुरेन्द्र पाण्डे चितवनबाट

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चितवन–१ बाट सिफारिस भएका छन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित पाण्डे राष्ट्रियसभाको सांसद पनि निर्वाचित भइसकेका छन् ।

शंकर पोखरेल दाङबाट

शंकर पोखरेल दाङ २ बाट सर्वसम्मत सिफारिस भएका छन् ।

छविलाल विश्वकर्मा रुपन्देही–१ बाट

स्थायी समिति सदस्य विश्वकर्मा रूपन्देही–१ बाट सिफारिस भएका छन् । उनी समानुपातिकतर्फका सांसद हुन् ।

युवा नेताहरू को–कहाँबाट ?

युवा नेताहरू रवीन्द्र अधिकारी कास्की–२, डा। राजन भट्टराई काठमाडौं–४, राजेन्द्र राई भोजपुर–१, महेश बस्नेत भक्तपुर २, खिमलाल भट्टराई रुपन्देही–५, ठाकुर गैरे पाल्पा–२, गोकुल बाँस्कोटा काभ्रे–२, सुरेन्द्र मानन्धर काठमाडौं–१०, रामकुमारी झाँक्री गुल्मीबाट प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस भएका छन् ।

माओवादी

ललितपुरबाट उठ्ने तयारीमा पम्फा भुसाल

माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुसाल ललितपुर ३ बाट उठ्ने भएकी छन् । उनको जिल्लाले केन्द्रमा सिफारिस गरिसकेको छ । भुसालको पुरानो घर अर्घाखाँची भए पनि ललितपुरबाट निर्वाचन लड्दै आएकी छन् । पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर ३ बाटै निर्वाचित भएकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा रहेकाले निर्वाचन लड्न पाइनन् ।

मातृका यादव धनुषाबाट सिफारिस

नेता मातृका यादव प्रतिनिधिसभा निर्वाचनमा धनुषा १ बाट सिफारिस भएका छन् । पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिक सभासद् थिए । दोस्रो सविधानसभा निर्वाचनमा भाग लिएनन् ।

शक्तिबहादुर बस्नेत जाजरकोटबाट उठ्ने

नेता शक्तिबहादुर बस्नेत जाजरकोट जिल्लाबाट सिफारिस भएका छन् । पहिलो संविधानसभा निर्वाचनमा निर्वाचन नलडेका उनी दोस्रो संविधानसभा निर्वाचनमा जाजारकोट १ बाट निर्वाचित भएका थिए ।

(नयाँ पत्रिका दैनिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀