डान्स पार्टी गरेर विद्याश्रमलाई दान

डान्स पार्टी गरेर विद्याश्रमलाई दान

Help

रञ्जन अधिकारी पोखरा, २८ चैत / स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं. २ साविक चिलाउनेबास–२, काफलटारी स्थित संस्कृत गुरुकुल बेद विद्याश्रममा सहयोग जुटेको छ । मुष्ठीदानमा चलिरहेको विद्याश्रमलाई पोखराबाट युवाको टोलीले खाद्यान्न सहयोग गरेका हुन् । यही विद्यालयको बारेमा सहयोग कुर्दै संस्कृत गुरुकुल शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

विद्याश्रमलाई आवश्यक पर्ने खाद्यान्न लिएर युवा समूह विद्यालयमै पुगेको हो । गत माघमा ओजन क्लबमा डान्स पार्टी आयोजना गरेर बचेको रकम आयोजकले सामाजिक कार्यमा खर्च गरेका हुन् । यस्तै, फेसबुक समूह ‘वी आर वान’ का तर्फबाट पनि सहयोग प्रदान गरिएको संयोजक सूर्य तिमिल्सिनाले जानकारी दिए । यस्तै, स्याङ्जा फेदीखोला गाउँपालिका घर भएका न्यू एरा पार्टी प्यालेसका घनश्याम सुवेदीले पनि एक बोरा चामल सहयोग गरे ।

रियाज तिमिल्सिना, अशोक सेढाईं र सन्देश क्षत्री मिलेर माघ ६ गते ‘दि वाईल्ड लिजेण्ड नाईट’ डान्स पार्टी आयोजना गरेका थिए । सो पार्टीबाट संकलित रकमलाई यसरी उपयोग गरिएको हो । ‘युवालाई समेटेर कार्यक्रम गरियो । मनोरञ्जन प्राप्त भयो । बचत रकम सामाजिक कार्यमा खर्च गर्ने सोच आयो ।’ अशोक सेढाईंले भने– ‘यति विकट ठाउँमा आएर थोरै भएपनि सहयोग गर्न पाउँदा गौरव अनुभूति भएको छ ।’

टोलीले चामल, आलु, दाल, तेल लगायतका खाद्यान्न सामाग्री विद्याश्रम व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद उपाध्याय, प्राचार्य रामचन्द्र तिमिल्सिनालाई हस्तान्तरण गरे । ‘हामी पनि सामाजिक सेवामा डान्स पार्टी गरेरै यसरी समाहित हुन सक्छौं है भन्ने लाग्यो’ – रियाजले भने– ‘आज कम्तिमा आफ्नो धर्म, संस्कृतिमा लागेकाहरुसँग मिसिन पाउँदा खुशी लागेको छ ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष उपाध्यायले आफै पढ्ने उमेरका युवाहरुले आफ्नै तहमा कार्यक्रम गरी अवशेष रकमबाट अन्नदान गरेकोमा खुशी प्रकट गर्दै अरु युवालाई पनि प्रेरणा मिल्ने बताए । प्राचार्य तिमिल्सिनाले कति युवाहरु दुव्र्यसनीमा फस्ने, डिस्को डान्स पार्टीहरुमा रम्ने मात्र गरिरहँदा त्यही समूहमा यस्ता युवाहरु हुन गर्वको कुरा भन्दै यस्तै सत्मार्गमा अघि बढ्न शुभेच्छा प्रकट गरे । टोलीमा आशिष पुरी, सन्दिप सापकोटा लगायत सहभागी थिए ।

ब्राह्मण बस्ती धेरै रहेको सो क्षेत्रमा २०२४ साल अघिदेखि नै आश्रम बनेपनि २०६२ सालबाट यसरी माध्यमिक तह सम्मै संस्कृत पठनपाठन हुने गरी विद्यालय सञ्चालनमा आएको हो । गुरुकुलमा अहिले १२ जिल्लाका ६५ जना विद्यार्थीहरु पढ्छन् । विद्याश्रमको आम्दानी स्रोत केहि छैन तर झण्डै ७० जनालाई नियमित भोजन र बासको व्यवस्था गर्नुपर्ने हुन्छ । तत्कालिन उपराष्ट्रपतिलाई नै आतिथ्यता गराएर महायज्ञ सञ्चालन गरी पैसा जुटाएर भवन ठड्याईएको छ तर रकम अभावले पूरा हुन सकेको छैन । दुर्गम स्थान भएकै कारण दाताको नजर पर्न नसकेको उक्त आश्रम सहयोगको पर्खाइमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
24 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 Nov 2024 00:15 UTC
Latest change: 23 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
135.12
Indian Rupee 
Indian Rupee
84.41
US Dollar 
US Dollar
1
Euro 
Euro
0.96
British Pound 
British Pound
0.8
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
154.42
US Dollar 
US Dollar
1
24 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 Nov 2024 00:15 UTC
Latest change: 23 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀